सौराहमा कलाकारहरूको ‘धुम’

Chitwan-Newsसौराहा, २ वैशाख । नयाँ वर्ष २०७२ को अवसरमा चितवनको सौराहामा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा राष्ट्रिय र स्थानीय कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन दिलाएका छन् ।

कार्यक्रममा स्थानीय गायक रमेशराज भट्टराईले सबैलाई नचाए । राम्रो सम्भावनासहित साँगीतिक क्षेत्रमा आएका भट्टराईको खुब माग भएको थियो ।

नयाँ वर्षलाई स्वागत गर्दै प्रभुश्री कला केन्द्रले सौराहामा आयोजना गरेको कार्यक्रममा भटराईले ‘बवाल भो, बबाल भो……’ गीत ३ पटकसम्म गाएर दर्शकलाई तताए ।

प्रायः सौराहा आउने पर्यटकहरूको चाहान भनेकै जिप सफारी, हात्ती सफारी, डुङ्गा सयरसँगै एकसिङ्गे गैँडा हेर्ने हुन्छ । तर उनीहरूले यस पटक भरपुर मनोरञ्जन पनि लिए । यसलाई साथ भने राष्ट्रिय र स्थानीय कलाकारहरूले दिए ।

लोकभाका ‘सालैजो…..’ले लोक पारखीहरू रमाएका थिए । गायक भट्टराईले ‘मलाई तिमीले चाहेरपनि….’ बोलको गीतगाउँदा सबैलाई भावुक बनाएका थिए ।
गायक भटराईले एकपछि अर्को गर्दै दर्शक श्रोताले फर्माइस गरेको गीता गाउँदा दर्शकले साथ पनि दिए ।

गायिका अञ्जु पन्तले कार्यक्रम सुरू भएको २ घण्टापछि स्टेजमा चढेर आफू विरामी नभएको भन्दै गीत गाएकी थिइन् । सौराहामा पहिलो पटक गाउन आएको बताएकी अञ्जुले सबैलाई कार्यक्रम अन्तिमसम्म बसेर साथ दिन आग्रह गरेकी थिइन् ।

अञ्जुले ‘तिम्रो आँखामा आँसु हेरी…’, ‘धेरैलाई बाँडदा नपुग्ला माया..’, ‘न बिर्सें तिमीलाई…’लगायतका गीतले मन्त्रमुग्ध बनाएकी थिइन् ।

लोकदोहोरी गायक राजु परियारले ‘रुमाल धोको छु…..’ जस्ता गीत गएर कार्यक्रमलाई लोकमय बनाएका थिए ।

गायिका मण्डवी त्रिपाठीले ‘मात लाग्यो…..’, ‘सिम्पल सिम्पल कान्छी…’ बोलको गीतले दर्शकश्रोताहरूलाई नचाएकी थिइन् ।

पोख्रेरली (माग्ने बुढा र धर्मुस) राजेन्द्र नेपाली र युवराज भण्डारीले दर्शकहरूलाई पेटमिचीमिची हँसाएका थिए ।

दोहोरी गायिका सम्झना लामिछाने मगरले ‘फूल फूलेर पहेँलै भयो…’ गीत गाउँदै नचाएकी थिइन् । डान्सर विपाशा बिसी र रत्ननगर कला मन्दिरका कालाकारहरूको वेजोड प्रस्तुति पनि दर्शक श्रोताको मन जित्न सफल भएका थिए ।

प्रतिक्रिया