जापानमा पनि फोनिज

fonij Japan pic

काठमाडौं । जापानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को तदर्थ समिति गठन भएको छ ।

टोकियोमा आयोजित भेलाबाट शान्त पहरीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले उपाध्यक्षमा फुर्वा शेर्पा, महासचिव निशान राना मगर, दुई सचिवमा मणिराज राई र चमारसिं लामा चयन गरेको छ । यसैगरी भेलाले कोषाध्यक्षमा हरिलाल श्रेष्ठ र सदस्यमा सुनिता मगर, शशिकला मोक्तान, विक्रम लामालाई चयन गरेको छ ।

यस तदर्थ समितिप्रति बधाई तथा शुभकामना सन्देश दिँदै फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले जापानमा रहेका जनजाति पत्रकारलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । भेलामा पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, जनजाति महासंघ जापानका उपाध्यक्ष पासाङ शेर्पालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया