इलाम, २ वैशाख । २०७२ को अवसर पारेर इलाम सदरमुकाममा सडक महोत्सव सुरु भएको छ । इलाम उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी इकाईको आयोजनामा ‘तीनदिने सडक महोत्सव’ सुरु भएको हो । महिलालाई व्यावसायिक क्षेत्रमा अग्रसर गराउादै पर्यटन प्रवद्र्धन गराउने उद्देश्यले आयोजित महोत्सव बिहीबारसम्म सञ्चालन हुनेछ ।
मंगलबार पहिलो दिन ठूलो टुाडीखेलबाट विभिन्न जातजातिका झााकीसहितको र्याली निकालेर महोत्सवको विशेष उद्घाटन गरिएको थियो । ‘हरित नगर इलाम जाऔं १, २, ३ चौथो सडक महोत्सवमा रमाऔं’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा विभिन्न २० वटा स्टल सडकमै राखिएका छन् । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, स्वास्थ्य शिशु परीक्षण तथा स्थास्थ्य शिशुलाई पुरस्कारको व्यवस्था, जातीय भेषभूषा, जातीय खानाका परिकार, हस्तकलाका सामग्री, कृषिजन्य उत्पादित वस्तुलगायत प्रदर्शनीमा राखिएका छन् ।
महोत्सव अवधिभर स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी आयआर्जनमा वृद्धि गराई महिलाहरूको क्षमतालाई विकास गर्ने, पर्यटन उद्योग विकासमा सहयोग गर्ने र धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रचारप्रसारमा समेत जोड दिइनेछ । महोत्सवमा लोकभाका तथा नृत्य प्रर्दशनी, स्थानीय कलाकारहरूद्वारा विभिन्न सांस्कृतक कार्यक्रम प्रस्तुतिसमेत रहने इकाईकी अध्यक्ष दिव्या भट्टराईले जानकारी दिइन् ।
महोत्सवमा ९० लाख रुपैयाामाथिको कारोबार गर्ने आयोजकले अपेक्षा राखेको छ । करिब साढे सात लाख रुपैयाा खर्च लाग्ने आयोजकको अनुमान छ । महोत्सवमा ४० देखि ६० हजारको हाराहारीमा अन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ । नयाा वर्षमा धेरै पर्यटक आउन चाहे पनि खास कार्यक्रम हुने नगरेकाले नियमित सडक महोत्सव गर्न थालिएको आयोजक इलाम उद्योग वाणिज्य संघकी अध्यक्ष सुशीला सापकोटाले बताइन् । ‘नयाा वर्षमा सबैको घुम्ने रहर हुन्छ, त्यसबेला धेरै पर्यटक इलाम आउाछन तर, इलाम सुनसान हुन्छ,’ सापकोटा भन्छिन्, ‘पर्यटकीय जिल्ला भएकाले इलामलाई सुनसान हुन नदिन सडक महोत्सव सुरु गरेका हौं ।’
यसपालिको महोत्सव चौथो संस्करण हो । यसअघि नयाा वर्षको अवसर पारेर इलाममा तीनपटक सडक महोत्सव भइसकेको छ । २०६८ सालबाट सदरमुकाममा नयाा वर्षमा सडक महोत्सव लगाउन थालिएको हो । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सफल सडक महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउँदै आएको छ ।
प्रतिक्रिया