काठमाडौं । फिल्म ‘मेरो एउटा साथी छ’बाट रोमान्टिक जोडीका रूपमा नेपाली फिल्म क्षेत्रमा उदाएका कलाकार हुन्, आर्यन सिग्देल र नम्रता श्रेष्ठ । आम दर्शकको रोजाइमा परेको यो जोडी ‘मेरो एउटा साथी छ’ पछि गत वर्षको वैशाखमा रिलिज भएको हिट फिल्म ‘नोभेम्बर रेन’ पुन: अनस्क्रिन रोमान्स गर्दै दर्शकमाझ छाए । अब फेरी आफ्नो रोमान्सलाई दर्शकमाझ छोड्न आगामी माघ २९ गते उनीहरू अर्को फिल्म ‘क्लासिक’मार्फत हलमा आउादै छन् । अघिल्ला दुई फिल्ममा एकापसमा नजर जुधाउादै माया साटासाट गर्ने यो जोडीले ‘क्लासिक’मा भने नजर जुधाउन पाउने छैनन् । यो फिल्ममा उनीहरू दृष्टिविहीन पात्रका रूपमा प्रस्तुत हुादैछन् ।
आर्यन सिग्देलको आफ्नो ब्यानर आर्यन सिग्देल इन्टरटेन्मेन्ट र निर्माता सुवास गिरीको ब्यानर सुवास इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गरेको फिल्म ‘नोभेम्बर रेन’ पछि फेरी यी दुई व्यानरले ‘क्लासिक’ निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन ‘नोभेम्बर रेन’कै निर्देशक दिनेश राउतले गर्नेछन् । पुरानो वर्षको विदाईसागै नयाा वर्षको स्वागत गर्न सोमबार सााझ राजधानीमा आयोजना गरेको कार्यक्रममा ‘क्लासिक’को घोषणा गरियो ।
निर्देशक दिनेशले फिल्ममा आाखा देख्न नसक्ने दुई पात्र समय(आर्यन) र दृष्टि(नम्रता)को सांगीतिक प्रेम कथा प्रस्तुत गरिने बताए । नायक तथा निर्माता आर्यनले दर्शकले ‘नोभेम्बर रेन’मा दर्शाएको भरोसालाई ‘क्लासिक’मा पनि पूर्ती गर्ने बताए भने अभिनेत्री नम्रताले नयाा चरित्रमा दर्शकमाझ आउन उत्साहित भएको जनाइन् । अर्का निर्माता सुवासले फिल्मले व्यावसायिक रूपमा सफलता हात पारे पनि नपारे पनि फिल्मका तर्फबाट दृष्टिविहीन विद्यार्थीको शिक्षामा सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा उनले सिन्धुलीको कमला बहुमुखी क्याम्पसलाई एक लाख रुपैयाा सहयोग गरे भने सुवास ह्युमन रिसर्चका तर्फबाट मलेसियामा दुई महिना अघि निधन भएका दुई कामदारलाई जनही डेढ लाखका दरले सहयोग हस्तान्तरण गरे ।
वैशाख १५ गतेबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममा समुना केसी, प्रज्वल गिरी, सुशील काफ्ले, सुनील रावल, पल शाह, शिशिर रानाको पनि अभिनय रहनेछ । कमल गिरी कार्यकारी निर्माता रहने फिल्ममा छेतन गुरुङको कथा, ताराप्रकाश लिम्बूको संगीत, हिमाल केसीको द्वन्द्व, नितिन चन्दको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन र राजेश श्रेष्ठको छायांकन रहनेछ । फिल्मका मिडिया कोओर्डिनेटर विजय सुवेदी ‘आवाज’का अनुसार फिल्म पोखरा र काठमाडौंमा छायांकन गरिनेछ ।
प्रतिक्रिया