भालुवाङमा पत्रकारिता तालिम

देउखुरी । पत्रकारितामार्फत समाज रूपान्तरण गर्न सकिने हुनाले यो पेसालाई मर्यादित बनाउन सहभागीहरूले जोड दिएका थिए ।
लालीगुराास यूवा मञ्चले सोमबार भालुवाङमा आयोजना गरेको एक हप्ते पत्रकारिता तथा रेडियो उद्घोषण तालिम समापन कार्यक्रममा सहभागीहरूले पत्रकारिताको माध्यमबाट समाजमा भएका राम्रा तथा नराम्रा कुराहरूको उजागर गर्न सकिने भन्दै पत्रकारितातर्फ आकर्षण बढ्नु सकारात्मक भएको समेत बताएका हुन् ।
मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ताको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष केएल पीडितको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा तालिमका प्रशिक्षक लिला शाह र दशरथ घिमिरेलाई सम्मान गरिएको थियो ।
तालिम समापन कार्यक्रममा रेडियो नयाा युगका अध्यक्ष रेवतीरमण शर्मा, नेकपा एमालेका शोभाकर भुसाल, एकीकृत नेकपा माओवादीका नारायण शर्मा, राप्रपा नेपालका बाबुराम मल्ल, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, देउखुरी भ्याली बोर्डिङका पोषण न्यौपाने, सामुदायिक जागरण मञ्चका विनोद गुप्ता, समाजसेवी नरबहादुर केसी, तालिममा सहभागीहरू बाबुराम थापा, शिला सुवेदी, प्रशिक्षकहरू दशरथ घिमिरे, लिला शाह, पत्रकार केशव बोहरा, अर्जुन सुवेदी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । (सौस)

प्रतिक्रिया