किन चाहियो कांग्रेसमा धेरै पदाधिकारी ?

Sherbahadur Deuba & Sushil Koralaकाठमाडौं, २८ चैत । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १३औँ महाधिवेशन आउन धेरै महिना छैन । कांग्रेसले आगामी भदौ २४ देखि २८ गते भित्र महाधिवेशनको मिति घोषणा गरिसकेको छ ।

महाधिवेशन नजिकिँदै गर्दा सभापति सुशील कोइराला पक्षधर नेताहरूले केन्द्रीय कार्यसमितिमा पदाधिकारी थप्ने चर्चा चलाउन थालेका छन् । उनीहरूले कांग्रेस ठूलो पार्टी भएको र मुलुक संघीयतामा प्रवेश गरीसकेकाले पदाधिकारी थप्नुपर्ने तर्क दिँदै आएका छन् ।

तर, नेता शेरबहादुर देउवा समूह भने संस्थापनको पदाधिकारी थप गर्ने चर्चासँग खुसी छैन । यो समूहले पदाधिकारी थप्नेभन्दा पनि वर्तमान कार्यसमितिलाई व्यवस्थित गरेर लैजानुपर्ने पक्षमा छ ।

कांग्रेसले आफ्नो चुनाव चिन्ह ‘रुख’ जोगाउनका लागि पनि आगामी भदौभित्र १३औँ महाधिवेशन गर्नुपर्ने बाध्यता छ ।

महाधिवेशन आउन पाँच महिना बाँकी रहेका बेला संस्थापन पक्षले कुनै तयारीबिनै कार्यसमितिमा पदाधिकारी थपको कुरा ल्याएपछि तर्कबितर्क हुन थालेका छन् ।

कांग्रेसका नेता कुलबहादुर गुरुङ पदाधिकारी थप गर्ने चर्चालाई कम्युनिष्ट पार्टीहरूको ‘सिको’को आरोप लगाउँछन् । ‘कम्युनिष्टले जे गर्‍यो कांग्रेसले पनि त्यही गर्नुपर्ने ?’, उनले प्रश्न गर्दै भने, ‘कांग्रेसले आफ्नो मूल्य र मान्यताअनुसार काम गर्नुपर्छ । कसैको देखासिकी गरेर हिँड्नु हुँदैन ।’

नेता गुरुङले केही नेताहरूले आगामी महाधिवेशनमा ‘टिम’ बनाएर जानका लागि पदाधिकारी थप्ने कुरा निकालेको आरोप लगाउँछन् । ‘अहिले कार्यसमितिमै भएका कतिपय नेताहरूलाई टिममा राख्न पदाधिकारी थप्ने कुरा ल्याइएको हो’, गुरुङले भने, ‘यो सारै नराम्रो रोग हो । गर्नै नहुँने काम गर्दैछन्, कांग्रेस नेताहरू ।’

केन्द्रीय सदस्य डा.प्रकाश शरण महतले पदाधिकारी बढाउनु अहिलेको आवश्यक्ता नरहेको बताए । ‘अहिलेकै कार्यसमिति ठूलो भइरहेको बेला किन पदाधिकारी किन थप्ने ?’, डा.महतले भने, ‘बरु वर्तमान जम्बो कार्यसमितिको कति आवश्यक्ता छ भनेर समीक्षा गर्नुपर्ने बेला भएको छ ।

Nepal-Congress-Ladyनेता डा.महतले पदाधिकारी थप गर्ने विषय अहिले गर्नु सान्दर्भिक नहुने उल्लेख गरे ।

संस्थापन पक्षले विधान संशोधन गरेर पदाधिकारी थप गर्ने जनाए पनि त्यसको प्रक्रिया अझै थालेका छैनन् । विधान संशोधनका लागि केन्द्रीय कार्यसमितिले विधान मस्यौदा समिति बनाउनुपर्छ । यद्यपि अहिलेसम्म समिति बनेको छैन ।

समितिले तयार पार्ने मस्यौदालाई कार्यसमितिले छलफल गरेर महासमिति बैठक वा महाधिवेशनबाट अनुमोदन गराउनुपर्छ । यो लामो प्रक्रियालाई कांग्रेस नेताहरूले ध्यान नदिएर विधान संशोधन गरी पदाधिकारी थप गर्नेको कुरा मात्रै गर्दै आएको आरोप छ ।

‘अहिले कार्यसमितिमै भएका कतिपय नेताहरूलाई टिममा राख्न पदाधिकारी थप्ने कुरा ल्याइएको हो’, गुरुङले भने, ‘यो सारै नराम्रो रोग हो । गर्नै नहुँने काम गर्दैछन्, कांग्रेस नेताहरू ।’

पदाधिकारी थप गर्नुपर्ने भएपनि समयमा नेता तथा कार्यकर्तासँग राय लिनुपर्ने कतिपय नेताहरूको सुझाव छ ।

कांग्रेसको १२औँ महाधिवेशनबाट विधान संशोधन गरेर ८५ सदस्सीय कार्यसमिति बनाइएको थियो । कार्यसमितिमा सभापतिसहित एक उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष, एक सहमहामन्त्री अहिले पनि छन् । ती पदलाई थप गर्ने योजनामा कांग्रेस संस्थापन पक्ष रहेको छ ।

यो जम्बो कार्यसमितिको चार वर्षे कार्यकाल गत भदौमा सक्किएपछि एक वर्ष समय थप गरिएको थियो ।

समय थपको विषयलाई पनि कतिपय नेता तथा कार्यकर्ताले रुचाएका छैनन् । विशेष परिस्थितिमा मात्रै कार्यकाल थप गर्ने कानुनी व्यवस्था छ । तर त्यस्तो विषेश परिस्थिति के हो अझै खुल्न नसकेको असन्तुष्ट नेताहरूको भनाइ छ ।

कांग्रेसले आफ्नो चुनाव चिन्ह ‘रुख’ जोगाउनका लागि पनि आगामी भदौभित्र १३औँ महाधिवेशन गर्नुपर्ने बाध्यता छ ।

Nepali-Congress-Bidhan-Samsउता, महाधिवेशन नजिकिँए पनि कतिपय जिल्लामा सक्रिय सदस्य वितरणको विवाद मिल्न सकेको छैन । विवाद बढेपछि करिव २३ जिल्लाको नामावली केन्द्रीय कार्यालयमा आइपुगेको छैन ।

प्रतिक्रिया