काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अमेरिकामा मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिने भएको छ ।
सानै उमेरदेखि अभिनय क्षमतामार्फत रंगमञ्चसँगै चलचित्र क्षेत्रमा पु¥याएको योगदानस्वरूप अमेरिकाबाट सञ्चालन हुँदै आएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गर्न लागेको हो । टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठका अनुसार अप्रिल २६ मा वासिङ्टन डिसीमा हुने विशेष कार्यक्रममा श्रीकृष्णकी पत्नी श्वेतालाई उक्त सम्मान हस्तान्तरण गरिनेछ ।
‘बाल्यकालदेखि नै श्रीकृष्णले कला क्षेत्रमा ठूलो योगदान पु¥याए, स्वच्छ, निष्कलंक, मिलनसारसँगै उनको बहुमुखी प्रतिभाको कदर गर्दै मरणोपरान्त सम्मान दिन लागेका हौं,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘सम्मानस्वरूप हामी ताम्रपत्र प्रदान गर्नेछौं ।’
टेलिभिजनकै पहलमा श्रेष्ठ अभिनीत अन्तिम चलचित्र ‘कोहिनुर’को अमेरिकाका
कोलोराडो, एटलान्टा, क्योरोलिनमा प्रदर्शन भइसकेको छ भने चाँडै
बोस्टन, न्युयोर्क र पेन्सनभेनियालगायतका राज्यमा पनि प्रदर्शन हुँदै छ ।
नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउन सफल ‘कोहिनुर’ प्रदर्शनका लागि अभिनेत्री श्वेता र चलचित्रका कोरियोग्राफर बसन्त श्रेष्ठ अमेरिकामै छन् ।
प्रतिक्रिया