आइपिएल मंगलबार रातिदेखि सुरू हुँदै

ET00029555मुम्बई, २४ चैत । इन्डियन प्रमियर लिग (आइपिएल) को आठौँ सस्कंरणको आज बेलुका कलकत्तामा उद्घाटन हुँदैछ ।

उद्घाटन समारोह कलकत्ताको साल्ट लेक स्टेडियममा आयोजना गरिएको छ ।

जसमा बलिउडका सुपर स्टार रितिक रोशन, शाहिद कपुर, फरहान अख्तर र अनुष्का शर्माले प्रस्तुती दिनेछन् ।

उद्घाटनमा साबिक बिजेता कलकत्ता नाइट राइडर्सका कप्तान गौतम गम्भीरले गत संस्करणमा जितेको ट्रफी राखेपछि आइपिएल २०१५ सुरू हुनेछ ।

तर खेल भने भोलि अप्रिल ८ बाट मात्र सुरू हुनेछ । बुधबारको उद्घाटन खेलमा मुम्बई इन्डियन र साबिक विजेता कलकत्ता नाइट राइडर्स इडेन गार्डेनमा भिड्ने छन् ।

प्रतिक्रिया