सदस्य सचिव लामा यताका कि उताका ?

Yubraj-Lamaकाठमाडौं, २४ चैत । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा सरकारको निर्देशन उल्लंघन गर्दै आज कार्यालयमा अनुपस्थित भएका छन् ।

विपक्षी मोर्चाको आमहड्ताललाई सहयोग पुराउने गरेर सदस्य सचिव लामा कार्यालयमा अनुपस्थित रहेको परिषदकै एक कर्मचारीले बताएका छन् ।

सरकारले भने सबै उच्चतहका कर्मचारी, राजनीतिक नियुक्ति पाएकाहरू सबैलाई कार्यालयमा उपस्थित हुन सोमबार नै निर्देशन दिएको थियो ।

एमाओवादीको सिफारिसमा खेलकुद परिषदको सदस्य सचिवमा नियुक्ति पाएका लामाले सरकारलाई भन्दा पनि विपक्षी मोर्चालाई महत्व दिएको परिषदकै एक कमचारीको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपालभरिकै आधिकारिक प्रशासनिक निकाय हो ।

राखेपका सदस्य सचिव लामालाई मात्र होइन उनको सचिवालयका पी.ए. बाबुकाजी महर्जनलाई समेत बन्दले छोएको छ । सदस्य सचिव लामा नआएपछि श्रेष्ठ पनि के कम कार्यालय नै आएनन् ।

सौर्य दैनिकको अनलाइनले परिषदमा फोन सम्पर्क गर्दा सदस्य सचिव लामाका कार्यलय सहायकले फोन उठाएका थिए ।

प्रतिक्रिया