सिटी, क्रिष्टल प्यालेससँग स्तब्ध

_82151576_palace4afpलन्डन, २४ चैत । इङ्गलिश प्रियिमर लिग फुटबलअन्तर्गत भएको खेलमा म्यान्चेस्टर सिटीले अपत्यारिलो पराजय भोगेको छ ।

सोमबार राति भएको खेलमा इङ्गलिश प्रियिमर लिगको साविक विजेतासमेत रहेको सिटीलाई क्रिष्टल प्यालेसले २–१ ले पारजित गरेको हो ।

प्यालेसका लागि ग्लेन मरले ३४ औँ र जेसन पन्चीयोनले ४८ औँ मिनेटमा गोल गरे ।

म्यान्चेस्टर सिटीका लागि एकमात्र गोल दोश्रो हाफ ७८ औँ मिनेटमा याया टुरेले गरेका थिए ।

हारपछि चौथो स्थानमा रोकिएको सिटीले ३१ खेलबाट ६१ अंक जोडेको छ ।

समान खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानको आर्सनलको भने ६३ अंक छ । एक खेल कम खेलेको चेल्सी ७० अंकको साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया