प्रिमियर लिगमा सन्डरल्यान्ड विजयी

defoe

काठमाडौं, २३ चैत । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको न्युकासल युनाइटेडविरुद्धको खेलमा सन्डरल्यान्डले १–० गोल अन्तरको जित दर्ता गरेको छ ।

घरेलु टोलीका जेमाइन डेफोले पहिलो हाफको अन्तिम क्षणमा २२ यार्ड टाढाबाट गरेको गोल नै निर्णायक गोल बन्यो ।

अर्को खेलमा बर्नलेले टोटनह्याम हट्सपरलाई गोलरहित बराबरीमा रोकेको छ ।
अंक–तालिकामा ३० खेलबाट ७० अंकका साथ चेल्सी शीर्ष स्थानमा कायमै छ । ३१ खेलबाट ६३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लँदा समान खेलबाट ६२ अंक जोडेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया