ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जित

mathieu

काठमाडौं, २३ चैत । स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोविरुद्ध १–० को संघर्षपूर्ण जित दर्ता गर्यो । शीर्ष स्थानमा रहेको बार्सिलोनाले समान २९ खेल खेलेको रियल म्याड्रिडसँगको दूरी ४ अंकको कायम राखेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनानाका लागि जेरेमी म्याथुले गरेको गोल निर्णायक बनेको थियो । म्याथ्युले खेलको ७३औं मिनेटमा जाभीको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

बार्सिलोनाका सजिर्ज बुस्केटलाई घाँसले हानेपछि सेल्टाभिगाका फेबियन ओरेलानाले रातो कार्ड पाए । बुस्केट फ्री किक हान्न धेरै समय लगाएका कारण उनले मैदानबाट घाँस टिपेर प्रहार गरेका थिए ।

प्रतिक्रिया