राष्ट्रिय लिगमा आज मोफसलका टिम भिड्दै

All_Nepal_Football_Association anfa

काठमाडौं, २३ चैत । रेडबुल राष्ट्रिय लिग फुटबलअन्तर्गत होम एन्ड अवेका आधारमा आज धनगढीमा घरेलु टोली सुदूपश्चिमाञ्चल फुटबल क्लब कैलालीले पूर्वाञ्चलको मोरङसँग प्रतिस्पर्धा गर्दै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सञ्चालित प्रतियागिताअन्तर्गत बुटवलमा जगदम्बा लुम्बिनी फुटबल क्लब र झापा ११ आमने–सामने हुँदै छन् । दशरथ रंगशालामा  आइतबार भएको खेलमा थ्री–स्टार र आर्मीले गोलरहित बराबरी खेलेका थिए । बराबरी खेलेसँगै आर्मी तेस्रो स्थानमा उक्लिएको छ । थ्री–स्टार शीर्ष र मनाङ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया