दाङ–देउखुरी समाज यूएईको मासिक बैठक सम्पन्न

Dang Deukhuri Samaj UAEयूएई । दाङ देउखुरी समाज यूएईको चौथो मासिक बैठक सम्पन्न भएको छ ।

प्रवासी नेपालीहरुका समस्याको हल गर्न सुरक्षित प्रवास,समृद्द समाज निर्माण हाम्रो अभियान भन्ने मुख्य नाराका साथ शुक्रबार बरदुबईस्थित मेट्रो पार्कमा समाजको मासिक चौथो बैठक सम्पन्न भएको हो ।

समाजका अध्यक्ष शान्त गिरीले प्रवासमा रहेका नेपालीहरुको सुरक्षाका लागि कार्ययोजना बनाउन बैठक आयोजना गरिएको जानकारी दिए ।

अध्यक्ष गिरीले आफूहरू आउँने दिनमा यूएईका विभिन्न नेपाली क्रियाशील संघ संस्थाको साथै यूएईमा कार्यरत सबै नेपालीसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले सबै दाङ देउखुरीबासीहरुलाई समाजमा जोड्ने पनि बताए ।

नेपाली समाज युएईको महाधिवेशन सम्पन्न गर्नका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत उनले बताए ।

कार्यमा यूएईका सम्पूर्ण संघ संस्था र बुद्धिजीवी, पत्रकारहरुका साथ र समर्थन पाउने विश्वास पनि उनले गरेका थिए ।

बैठकमा संस्थाका गतिविधि आर्थिक सामाजिक क्रियाकलाप संस्थाका जिम्मेवारी बाँडफाँड जस्ता महत्त्वपूर्ण विषयमा छलफल भएको थियो ।

कार्यक्रममा महासचिव दिनेश आचार्यले बिधान र उद्देश्यका अनुरुप नै अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै लगत्तै समाजले आउँदा दिनहरुमा महत्त्वपुर्ण कार्य गर्ने भन्ने बारेमा विषेश छलफल भएको बताए ।

४ घन्टा लामो छलफलमा संस्थाका सदस्यहरुले आफ्नो जिल्लाको संस्कृति, रितिरिवाज र परम्पराहरु साथै नेपाली ऐतिहासिक धरोहरहरुको प्रचारप्रसार र यूएईमा रहेका सबै दाङ देउखुरीवासी हरुलाई एकजुट भइ तीव्र र प्रभावकारी रूपमा अगाडि बढाउन जस्तोसुकै सक्रियता जिम्मेवारी काम गर्न तयार भएको बताएका थिए ।

संस्थाले जति सक्दो छिटो व्यापकस्तरका कार्यक्रम आयोजना गर्ने दाङ देउखुरी समाज यूएईका प्रवक्ता नारायण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया