चेल्सी इङ्लिस प्रिमियर लिगको शीर्षमै

hazard-reutersकाठमाडौं, २२ चैत । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका  खेलमा शीर्ष स्थानको चेल्सीका साथै म्यानचेस्टर युनाइटेड  र आर्सनल विजयी भएका छन् ।

चेल्सीले स्टोक सिटीलाई २–१ गोल अन्तरले पराजित गर्यो । चेल्सीका लागि ३९ औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीमार्फत गोल गरेकोमा ४४औं मिनेटमा स्टोक सिटीका चार्ली एडमले सेन्टरबाट गोल गर्दै पहिलो हाफ बराबरीमा पुर्याए । त्यसपछि चेल्सीका लागि लुइस रेमीले दोस्रो हाफको ६२औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाए ।

लिभरपुललाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आर्सनल अंक–तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै लिगमा तेस्रो स्थानमा ओगटेको छ । म्यानचेस्टर सिटी चौथौं स्थानमा झरेको छ ।

प्रतिक्रिया