नेपाल पुलिस झापा ११ सगँ पराजित

All_Nepal_Football_Association anfaकाठमाडौं, २० चैत । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो पराजय बेहोरेको छ ।

शुक्रबार भएको खेलमा पुलिस झापा–११ सँग ३–१ ले पराजित भएको हो । राष्ट्रिय लिग पुनः सन्चालनमा आएसँगै काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पुलिसले जुमनु राईको गोलबाट प्रारम्भिक अग्रता लिएको थियो ।

अग्रताका बावजुत पुलिसले राम्रो प्रदर्शन नगर्दालगातार तीन गोल खाएको हो ।

झापा ११ का लागि कर्ण लिम्बु, दिलेन लोक्ताम र योगेश गुरुङले गोल गरे । यसअघि झापाले पहिलो खेलमा पराजय बेहोरेको थियो ।

दोस्रो चरणको समाप्तीसम्म थ्रीस्टार क्लब गोलअन्तरको आधारमा शीर्ष स्थानमा छ । मनाङ–मस्र्याङदी दोस्रो स्थानमा छ । पुलिस, मोरङ र कैलालीले भने अंक विहीन छन् ।

पहिलो पटक सर्वाधिक राशीको खेलमा ‘होम एन्ड अवे’को आधारमा ‘ए’ डिभिजनका ५ र मोफसलका ४ गरी ९ टोली सहभागी छन् ।

प्रतिक्रिया