ह्युज क्रिकेटमा बसन्त फाउन्डेशन सहयोग

imagesकाठमाडौं, २० चैत । अष्ट्रेलियाका एकदिवसीय टेष्ट ब्याट्सम्यान फिलिप हृयुजको ब्याट र जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथा लैजान बसन्त चौधरी फाउन्डेशनले सहयोग गर्ने भएकोछ ।

सन् २०११ मा एकै साता दुई पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान बनाउदै “गिनिज बुक अफ वल्र्ड रेकर्ड” कायम गर्न सफल नेपाली महिला आरोही छुरिम शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपाल क्रिकेट सङघ(क्यान)का निमित्त अध्यक्ष दीपक कोइराल र बसन्त चौधरी फउण्डेसनका प्रतिनिधि पारस शाक्यबीच १५ लाखको सम्झौता पत्रमा हस्तारक्षरसमेत गरेका छन् ।

ह्युजको स्मृतिमा चैत २८ कीर्तिपुर मैदानमा ६३ ओभरको खेल हुनेछ ।

प्रतिक्रिया