चिकित्सकसहितका पदमा आवेदन खुल्दै

khagaraj-adhikariकाठमाडौं, २० चैत । स्वास्थ्य सेवाअन्तर्गतका चिकित्सक, जनस्वास्थ्य अधिकृत, सहायक, प्रयोगशालामा काम गर्ने प्रविधिज्ञ, परिचारिका (नर्स) लगायत पदमा सात हजार नयाँ दरबन्दी थप हुने भएको छ ।

दुई हजार २०५ उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएपछि सो दरबन्दी सिर्जना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ती पद पूर्तिका लागि मन्त्रालयले लोकसेवामार्फत आवश्यक प्रक्रिया अगाडि बढाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जानकारी दिए ।

नेपाल स्वास्थ्य प्राविधिक संघको नवौँ महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अधिकारीले उपस्वास्थ्य चौकीहरू स्वास्थ्य चौकीमा स्तरोन्नति भएपछि यसबाट जनताले थप स्वास्थ्य सेवा तथा औषधि पाउने विश्वास व्यक्त गरे ।

जनस्वास्थ्यमा काम गर्ने प्रविधिज्ञहरूको छाता सङ्गठनमा हाल ३० हजार आबद्ध रहेका छन् ।

अर्काेतर्फ २७ क्याम्पसमा जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन अध्यापन हुने गर्छ । ती कलेजबाट बर्सेनि ४०० जनस्वास्थ्यका स्नातकहरू उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया