मिर्गौला पीडितलाई जापानबाट सहयोग

kidney-failureटोकियो । मिर्गौला उपचार खर्च अभावमा लामो समयदेखि घरमै बस्न बाध्य गुल्मी तुराङका मोहनबहादुर रजालीलाई वैदेशिक रोजगारीका लागि जापानमा रहेका दुई नेपालीले दुई लाख १९ हजार ६५ सहयोगस्वरुप पठाएका छन् ।

दातामा टोकियोको सिन्जुकुमा कार्यरत गुल्मीकै आँपचौर गाविस तल्लोफाँटका दधिराम खरेल र राज सापकोटा रहेका छन् । जापानस्थित गुल्मेली समाज जापानका विपीन घिमिरेका अनुसार रजालीको रकम अभावमा उपचार गर्न नसक्दा थप समस्या बढ्दै गएको थियो ।

आर्थिक अवस्था कमजोर रहेका रजालीलाई पत्नीको एउटा मिर्गाैला प्रत्यारोपण गर्नसमेत रकम अभाव थियो ।

यसअघि पनि गुल्मेली समाज जापानले रजालीलाई ५० हजार सहयोग पठाएको थियो ।

प्रतिक्रिया