खेलकुदमा दरबन्दी छ, कर्मचारी छैनन्

national-sports-councilबागलुङ, १९ चैत । जिल्ला खेलकुद विकास समिति बागलुङ कर्मचारीविहीन अवस्थामा छ ।

सरकारी दरबन्दी भएर पनि समितिको कार्यालयमा कर्मचारी छैनन् । समितिको कार्यालय र दैनिक प्रशासन समितिका सचिवको भरमा चलेको छ ।

भएका एक नासु पनि २०६४ सालमा कारबाहीमा परेर बाहिरिएपछि दरबन्दीका कर्मचारी कोही छैनन् ।

समितिका अनुसार नासु र सहायक लेखापालको सरकारी दरबन्दी समितिमा छ ।

‘एक जना सहयोगीसमेतको व्यवस्था छैन, म आफैँले पनि पत्र बाँड्दै हिँड्नुपर्ने अवस्था छ’, समितिका अध्यक्ष बाबुलाल शाक्यले भने, ‘कर्मचारी नहुँदा दैनिक प्रशासनिक काम र कार्यालय चलाउन कठिन भएको छ ।’

समितिले कार्यालय प्रमुखको जिम्मा समितिका सचिव भीमसेन शाक्यलाई दिएको छ ।

प्रतिक्रिया