आईसीसीका अध्यक्ष मुस्तफाको राजीनामा

Mustafa

काठमाडौं, १९ चैत । बंगलादेशी नागरिक कमाल मुस्तफाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष (प्रेसिडेन्ट) पदबाट राजीनामा दिएका छन् ।

मुस्तफा पछिल्लो समय ११औं विश्वकपमा बंगलादेशसँगको खेलमा अम्पायरले भारतलाई जिताउने ‘गलत निर्णय’ गरेको र विश्वकप विजेता अस्ट्रेलियालाई ट्रफी हस्तान्तरण गर्न नदिएपछि असन्तुष्ट भएका थिए । यसपटकको विश्वकप ट्रफी भारतीय क्रिकेट बोर्डका पूर्वअध्यक्ष एवं आईसीसीका च्येयरम्यान एन श्रीनिवासनले अस्ट्रेलियाली कप्तान माइकल क्लार्कलाई प्रदान गरेका थिए ।

उनले आफूलाई आईसीसीको वैधानिक अधिकारबाट बञ्चित गराइएको र आईसीसी भारतीय क्रिकेट बोर्डको इसारामा चलेकोलगायत आरोप लगाएका थिए । उनले बंगलादेश भारतसँग १०९ रनले हार्नु आईसीसीको पूर्वतयारीअनुरूप भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया