खर्च जुटाउन क्यानले टिकट बिक्री गर्ने

imagesकाठमाडौं, १८ चैत । फिलिप हिउजको स्मृतिमा हुन लागेको मैत्रीपूर्ण क्रिकेटका लागि खर्च जुटाउन क्रिकेट संघले टिकट बिक्री गर्ने भएको छ ।

त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा हुने खेलका लागि निकै सस्तो टिकट दरमा टिकट बिक्री गरिनेछ । संघले दर्शकहरूका लागि टिकट चैत १८ देखि २५ गतेसम्म अनलाइनमार्फत बिक्री गर्नेछ ।

टिकट इसेवाजोन प्वाइन्ट र संघको कार्यलय मुलपानीबाट पनि पाउन सकिने छ ।
हरेक टिकट खरिदकर्ताको नाम खेल हुने दिन कोड रिडर तथा क्युआरकोडमार्फत संघले जाँच गर्ने जनाएको छ ।

अष्ट्रेलियामा घरेलु क्रिकेटका दौरान टाउकोमा बल लागेर देहान्त भएका हिउजको श्रद्धाञ्जलि स्वरुप चैत २८ मा अष्ट्रेलियाका अध्यक्ष विली इडवार्ड्ससमेत नेपाल आउँदैछन् ।

चैत २८ गते नेपाल र अष्ट्रेलियाबीच पहिलो र दोस्रो खेल हुनेछ । दुबै खेल ३१.३ ओभरको हुनेछ ।
मैत्रीपूर्ण खेलसँगै हिउजको जर्सी तथा ब्याटपनि विश्वको सर्बोच्च शिखर सगरमाथामा लाने कार्यक्रम छ ।

खेलका लागि तथा जर्सी र ब्याट सगरमाथामा पुर्‍याउन आवश्यक पर्ने बजेट नेपाल क्रिकेट संघले जुटाउनेछ । त्यसका लागि टिकट दर १ सय ६३ रुपियाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया