श्रीलंकामा भ्रष्टाचार नियन्त्रण प्रमुखको बर्खास्ती माग

कोलम्बा । श्रीलंकाको प्रमुख प्रतिपक्षी दलले मंगरबार भ्रष्टाचार नियन्त्रण संस्थाका प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ । यी प्रमुखले पूर्वराष्ट्रपति महिन्दा राजापक्षेलाई घूस लिएको आरोप लागेको एक मुद्दामा प्रतिउत्तर दिन उपस्थित हुन आदेश दिएका थिए । उक्त आरोपका विषयमा संसद्मा होहल्ला चलेको थियो ।
संसद्लाई घूस वा भ्रष्टाचारका आरोपमा अनुसन्धान गर्ने आयोगका महानिर्देशक, दिलरुक्सी विक्रमसिंघेलाई स्वेच्छाचारी कारबाहीका लागि बर्खास्त गर्नुपर्ने माग प्रतिपक्षी सांसद् बन्दुला गुनवर्दनेले गरे ।
विक्रमसिंघेले राजापक्षलाई शुक्रबार आयोगमा उपस्थित हुन आदेश दिएका थिए । उनले जनवरीमा भएको राष्ट्रपति पदको निर्वाचनमा प्रतिपक्षीलाई पराजित गर्न एक सांसद्लाई ४६ लाख अमेरिकी डलर घूस दिएको आरोप लगाइएको छ ।
राजापक्षको समूहका गुनावर्दनेले सभामुखलाई दिरुक्सी विक्रमसिंघेलाई हटाउन कारबाही गर्न दिइएको निवेदनमा ११३ सांसद्को हस्ताक्षर रहेको जानकारी दिए । राजापक्षे एक दशकसम्म शासनमा रहेर पदबाट हटेपछि नयाँ राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनको नजिकको समूहका धेरै व्यक्तिमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गराएका छन् । (एजेन्सी)

प्रतिक्रिया