सफल व्यक्तिका असफल प्रयास

Madonaलन्डन । प्रयास नै नगर्नुभन्दा असफल हुनु राम्रो मानिन्छ । धेरै व्यक्तिले प्रयास नै नगरी आफ्नो जीवन खेर फालेका हुन्छन् ।

तर गतिलो प्रयासका बाबजुद पनि केही व्यक्तिहरू असफल हुन बाध्य हुन्छन् । सफलताबाट पाठ सिकेर विश्व प्रसिद्ध बन्ने भाग्यशाली भने कमै मात्र छन् ।

यस्तै व्यक्तिहरूको सूचीमा अनुकरणीय मानिएका छन्, अमेरिकी वाल्ट डिनियस डिस्ने । चर्चित कार्टुनिस्ट, एनिमेटर तथा फिल्म निर्माता डिस्ने सन् १९१९ मा क्यान्सास सिटी स्टारबाट बर्खास्तीमा परेका थिए ।

उनका सम्पादकले उनीसँग पर्याप्त सोच्नसक्ने खुबी र सिजर्नात्मक दिमाग नभएको आरोप लगाएका थिए । असफलताबाट पाठ सिक्दै प्रसिद्धीको बाटोमा अग्रसर हुने अहिलेका चर्चित पात्र स्टिभ जब्स हुन् ।

उनी आफ्नै कम्पनीबाट कुनै समय बर्खास्तीमा परेका थिए । तर, जब्सले त्यही एप्पल कम्पनीलाई आफ्नो निधनअघि विश्वकै चर्चित ब्रान्ड बनाए । चर्चित गायिका लेडी गागाले म्युजिक कम्पनीसँग गरेको सम्झौता तीन महिनापनि नबित्दै तोडिएको थियो ।

त्यतिबेला गागाले राम्रो गर्न नसक्ने आरोप कम्पनीले लगायो । माइक्रोसफ्ट कम्पनी खोल्नुअघि बिल गेटस् पनि व्यवसायमा चुर्लुम्मै डुबेका थिए ।

उनले त्यसअघि ल्याएको ट्राफ ओ डाटा कम्पनी फ्लप भएको थियो । तर हरेश नखाइकनै उनले माइक्रोसफ्टमार्फत विश्वव्यापी चर्चा, प्रसिद्धी र आर्थिकोपार्जन गरे ।

विश्वचर्चित वैज्ञानिक अल्बर्ट आइनिस्टाइन चार वर्षको उमेरसम्म बोल्न सक्दैनथे । उनी सात वर्षको उमेरसम्म पढ्न जान्दैन थिए ।

Jk-Rowlingचनाखो हुन नसकेकै आरोपमा उनी स्कुलबाट निलम्बनमा समेत परे । अमेरिकाको राष्ट्रपति बन्नुअघि अब्राहम लिंकन थुप्रै व्यवसायहरूमा असफल बनेका थिए । उनी राष्ट्रपतिमा निर्वाचित हुनअघि थुप्रै पटक चुनावमा पराजित भए ।

बास्केटबलमा विश्वचर्चित खेलाडी माइकल जोर्डन आफ्नो स्कुलको बास्केटबल टिमबाटै फालिएका थिए । बेलायती उपन्यासकार जेके रोलिङ असफलताबाट पाठ सिक्ने अर्की विश्वप्रसिद्ध व्यक्तित्व हुन् ।

उनलाई लण्डनस्थित एमनेस्टी इन्टरनेसनलले अफिसको कार्यालयको कम्प्युटरमा दिनभर कथा लेखेर बसेको भन्दै बर्खास्त गरेको थियो । अमेरिकाका धनी व्यापारी माइकल ब्लुमवर्ग सन् १९९८ मा चुर्लुम्मै डुबेका थिए ।

उनी अहिले विश्वकै धनी व्यक्तिको सूचीमा छन् । अमेरिकाको चर्चित म्यागेजिन भोउकी प्रधान सम्पादक अन्ना विन्टुर कुनै समय जागिरबाट निकालिएकी थिइन् ।

उनी हर्परको बजार नाम पत्रिकामा जुनियर फेसन इडिटर थिइन् । उक्त जागिर ९ महिनामै गुमाएपछि उनी भिभामा फेशन इडिटरका रूपमा गइन् । विश्वचर्चित मोडल म्याडोना कलेज छाडेर न्युुर्योक गएकी थिइन् ।

उनी टाइम्स स्क्वायरमा एक रेस्टुरेन्टमा जागिरे थिइन् । तर त्यहाँबाट एकै दिनमा निक्लनु परेपछि मात्रै उनी मोडलिङमा अघि बढिन् । अमेरिकाको बाल्टिमोरस्थित डब्ल्युजेजेट टिभीेले ओपरा विनफ्रेलाई राम्रो प्रस्तुती दिन नसकेको आरोपमा जागिरबाट निकालेको थियो ।

अहिले उनी विश्वचर्चित प्रस्तोता बनिसकेकी छिन् । अमेरिकाका चर्चित हाँस्य कलाकार जेरी सियनफेल्ड जागिरबाट निकालिएका अर्का पात्र हुन् । अमेरिकी अभिनेता ज्याक मिट्चेल बिरामी परेपछि कार्यालयमा हाजिर हुन नसक्दा अपमानित ढंगबाट निकालिएका थिए ।

अमेरिकाका चर्चित टेलिभिजन पर्सन्यालिटी होवार्ड स्ट्रिन डब्ल्यूएनबिसीबाट निकालिएका थिए । चर्चित अमेरिकी गायक एल्भिसले करियरको सुरुआतमै झट्का महसुस गरेका थिए ।

उनलाई एक कन्सर्टका दौरान हल म्यानेजरले अपमानित ढंगबाट व्यवहार गर्दै मेम्फिस फर्केर ट्रक चलाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया