काठमाडौं, ६ वैशाख । चाबहिल गोपीकृष्ण हल अगाडि मिनी ट्रकले ठक्कर दिँदा पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मुत्यु भएको छ ।
क्याम्पसमा अध्ययन गरेर कपन सरस्वतीनगरस्थित निवास फर्कँदै गरेकी ओखलढुंगाकी २१ वर्षीया बालकुमारी दाहाललाई बाटो काट्न लाग्दा बिहान बा१ख ९११२ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको उपचारका लागि ओम अस्पतालमा पु¥याउनेबित्तिकै निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जजनाएको छ । ठक्कर दिएलगत्तै चालक फरार छन् । ट्रकलाई महानगरीय प्रहरीवृत्त गौशालामा राखिएको छ ।
घटनाको विरोधमा पशुपति बहुमुखी क्याम्पस स्ववियुले बिहान मित्रपार्क–चाबहिल सडक अवरुद्ध गरेको थियो ।
प्रतिक्रिया