पाचौँ नेपाल ओपन गल्फको उपाधि साङचाइलाई

SAM_4087काठमाडौं, १७ चैत । पाचौँ नेपाल ओपन गल्फ प्रतियोगिताको व्यक्तिगततर्फ थाइल्यान्डका साङचाई काइवचारोनले हात पारेका छन् ।

गोकर्ण गल्फ क्लबमा भएको खेलमा साङचाइले ५ अन्डर १ सय ७५ स्कोर कार्ड बनाउँदै उपाधि हात पारेका हुन । उनी नेटतर्फको पनि तेस्रो भएका थिए ।

त्यस्तै प्रतियोगितामा नेपालका विकास बोगटीले उपविजेतामा चित्त बुझाए । उनले १ अन्डर १ सय ७९ स्कोर बटुले ।
व्यक्तिगततर्फ तेश्रो भएका नेपालका अरुन तामाङले इभन पार १ सय ८० स्कोर कार्ड बनाएका थिए ।

तेस्रो दिनको खेलमा नेटतर्फको उपाधि अरुन तामाङले जिते । उपाधि जितेका अरुनले १ अन्डर १ सय ३५ कार्डमा खेले ।

नेटतर्फ उपबिजेता भएका बोगटीले २पाचौँ नेपाल ओपन गल्फको उपाधि साङचाइलाई अन्डर १ सय ४० स्कोर कार्ड बनाए । नेटतर्फ तेस्रो भएका साङचाइ काइवचारोनले ३ अन्डर १ सय ४१ स्कोर कार्ड बनाए ।

यसअघि आइतबार भएको खेलमा साङचाई काइवचारोन र एकारत लेक्सुवान सम्मिलित थाइल्यान्डको टिमले टिम च्याम्पियनको उपाधि हात पारेका थियो ।

वर्षाका कारण प्रवाभित दोस्रो दिनको खेलमा इकारत ३७ र साङचाईले ३९ स्कोर जोडेपछि कुल एक ओभर २ सय १७ स्कोरका साथ थाइल्यान्डको टिम च्याम्पियन बनेको हो ।

वर्षाकारण आयोजकल टिमतर्फको खेल २७ होलमा छोट्याएको थियो ।

त्यस्तै प्रतियोगितामा सिमरजित सिंह र विराज मादप्पा सम्मेलित भारतको टोली दोस्रो भयो । दोस्रो दिनको खेलमा कुल ७५ स्कोर गरेकोे भारतीय टोलीले तीन ओभर २ सय १९ स्कोर गरेको थियो ।

तेस्रो स्थानमा चित्त बुझाएको अरुन तामाङ र टासी छिरिङ सम्मिलित नेपाली टोलीले ८ ओभर २ सय २४ स्कोर कार्ड बनाएको थियो ।

कुल ६ टोलीको टिम खेलमा दोस्रो दिन ९ होलमा मात्र प्रतिस्पर्धा भएको आयोजकले जनएको छ । तीन दिने प्रतियोगितामा कुल ४५ होलमा खेलाइएको प्रतियोगितामा ५१ खेलाडीमध्ये ३० खेलाडी फाइनल राउण्डका लागि छनोट भएका थिए ।

प्रतियोगितामा बिजेता खेलाडी नेपाल गल्फ संघका अध्यक्ष मधुकर याकथुम्बालगायत पुरस्कृत गरे ।

प्रतिक्रिया