काठमाडौं, १६ चैत । सन् २०१६ मा फ्रान्समा आयोजना हुने युरोकप फुटबल प्रतियोगिताका लागि आइतबार राति भएका छनोट खेलमा विश्वकप विजेता जर्मनीका साथै पोर्चुगल र स्कटल्यान्ड विजयी भएका छन् ।
समूह ‘डी’को खेलमा जर्मनीले जर्जियालाई २–०, स्कटल्यान्डले जिब्रल्टरलाई ६–१ को भारी गोल अन्तरले पराजित गरे । पोल्यान्ड र आयरल्यान्डबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।
समूह ‘एफ’मा कुल १३ अंकसहित शीर्ष स्थानमा रहेको रोमानियाले फारोई आइसल्यान्डलाई १–०, नर्दन आयरल्यान्डले फिन्डल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरे । ग्रिस र हंगेरीले गोलरहित बराबरी खेले ।
समूह ‘आई’को खेलमा अर्मेनियाविरुद्ध अल्बानियाले २–१ को नतिजा निकाल्यो भने ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको पोर्चुगलले सर्बियालाई २–१ गोलले नै पराजित गर्यो ।
प्रतिक्रिया