नेपाली खेलाडीलाई बैंककमा २२औं स्थान

samrachyakk

काठमाडौं, १३ चैत । थाइल्यान्डको बैंककमा भएको आईटीएफ १४ तथा १४ वर्षमुनिको एटीएफ जुनियर टेनिस डिभिजन वान टुर टुको खेलमा नेपालका संरक्षकभूषण बज्राचार्यले २२ औं स्थान हात पारेका छन् ।

६४ प्रतियोगी समावेश प्रतियोगितामा संरक्षकले हङकङका सिलिङयोङ कोङ, उज्वेकिस्तानका ओलिबनाभे नाभेज र इन्डोनेसियाका थलाहा फिलियान्टोलाई हराए । उनले काजकिस्तानका रिगियोज मिरोजादेभसँग पराजयको सामना गरेका थिए ।

यसैगरी, एनी माथेमाले पनि ६४ जना सहभागी महिला स्पर्धामा २२औं स्थान नै हात पारिन् । उनले श्रीलंकाकी नाथेमी मुनेवारालाई हराइन् । उनी फिलिपिन्सकी मिकेला भिसेनोसँग पराजित भइन् ।

प्रतिक्रिया