डुंगाले सम्हालेपछि ब्राजिलको लगातार जित

Brazil-vs-france

काठमाडौं, १३ चैत । प्रशिक्षकमा डुंगाको नियुक्तिसँगै फुटबलको महारथी मानिने ब्राजिलले लगातार ७ खेलमा जित दर्ता गरेको छ ।

पेरिसमा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले फ्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्यो । उक्त खेलमा भारेनले फ्रान्सका लागि २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकोमा ब्राजिलका तर्फबाट चेल्सीका भरपर्दा मिडफिल्डर ओस्कारले ४०औं मिनेटमा गोल फर्काएर बराबरीमा पुर्याए । ब्राजिलले पहिलोभन्दा पनि दोस्रो हाफमा केही आक्रामक खेल खेलको थियो । ब्राजिली स्टार नेयमारले विलियनको पासमा ५७औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–१ को स्थितिमा पुर्याए । ५७औं मिनेटमा लुइस गुस्ताभोले थप गोल गरे ।

विश्वकपपछि ब्राजिलले कोलम्बियालाई १–०, इक्वेडरलाई १–०, अर्जेन्टिनालाई २–०, जापानलाई ४–०, टर्कीलाई ४–० र फ्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार ७ खेलमा जित दर्ता गरेको हो । विश्वकपको सेमिफाइनलमा ब्राजिल जर्मनसँग पराजित भएको थियो ।

बिहीबार राति नै नै भएको अर्को खेलमा इरानले चिलीमाथि २–० को र कोलम्बियाले बहराइनमाथि ६–० को जित गरे ।

प्रतिक्रिया