डोरीले बाँधेर राखिएकाको उद्धार

Chitwan District 1चितवन, १३ चैत । लामो समयदेखि डोरीले बाँधेर राखिएका मनोरोगी भण्डारा–४ निवासी २१ वर्षीय अनिल महतोको रेडक्रसको पहलमा उद्धार गरिएको छ ।

परिवारले नै बाँधेर राखेको र उपचार पनि हुन नसकेको जनाएपछि उद्धार गरी उपचारार्थ भरतपुर अस्पताल ल्याइएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले बताए ।

जन्मजात मनोरागी महतो नौ वर्षदेखि दृष्टिविहीन भएका थिए ।

२०५९ मा उनका बुबा कालु महतोको मृत्यु भएपछि आमा पकुलीदेवीले उनलाई बाँधेर राखेकी थिइन् ।

महतोको नागरिकता बनाई र अपाङ्गता परिचयपत्रसमेत उपलब्ध गराउने प्रजिअ विकेले जाकारी दिए ।

प्रतिक्रिया