काठमाडौं, १२ चैत । राष्ट्रपति डा.रामवरण यादव चीन प्रस्थान गरेपछि उनले गर्ने सम्पूर्ण कामको जिम्मेवारी उपराष्ट्रपति परमानन्द झालाई दिएका छन् ।
अन्तरिम संविधान २०६३ अनुसार डा.यादवको अनुपस्थितमा हुने दैनिक कार्य सम्पादनका लागि उपराष्ट्रपति झालाई कार्यभार सुम्पिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति डा.यादवको अनुपस्थितिमा सम्पूर्ण काम उपराष्ट्रपति झाले गर्नेछन् ।
राष्ट्रपति डा.यादव चीनको मैत्रीपूर्ण निमन्त्रणामा बोआओ सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रतिक्रिया