धोनी विपक्षी खेलाडी कमजोरीको भिडियो हेर्दै

Cricket WCup Indiaकाठमाडौं, ११ चैत । बिहीबार सिड्नीमा हुने भारत र अष्ट्रेलियाबीचको दोस्रो सेमीफाइनलाई निकै महत्वपूर्ण खेलका रुपमा हेरिएको छ ।

भारत र अस्टे«लियावीच क्रिकेटमा एक अनौपचारिक रुपमा युद्ध नै पर्नेगर्छ । खेल खेल्ने क्रममा होस् या खेलअगाडिको म्याच कन्फेरेसनमा होस् । जहिले पनि यी दुई टिम र यिनका खेलाडीहरु एकआपसमा म्याच जित्ने दाबी गर्नेगर्छन् ।

दुवै टिमका लागि एक अर्कालाई जित्नु निकै कठिन हुनेगर्छ । एकदिवसीय क्रिकेटको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेपनि विश्वकपमा भने भारत सधैं अष्टे«लियासँग पराजित हुने गरेको ईतिहाँस छ ।

जारी विश्वकप दुवै प्रदर्शन हेर्ने हो भने भारत र अष्ट्रेलिया बलिया प्रतिद्वन्द्वी हुन् । ११औँ सस्कंरणको यस विश्वकपमा भारतले खेलेको सबै नतिजा नियाल्ने हो भने भारत पनि निकै लयमा छ ।

विश्वकपमा भारतले लगातार ७ खेल जितेको छ । अष्ट्रेलियाले न्युजिल्याण्डसँग पराजय भोगेको छ ।

सिड्नी क्रिकेट ग्राउन्डमा अष्ट्रेलियाको बलरलाई सहज हुने तरिकाले बाउन्सर बल फ्याक्न पिच बनेको आरोप पनि लागेको छ । सो विषयमा विवाद निस्किएपछि आइसिसिले पुनः पिच तयार पार्न निर्देशन दिएको थियो ।

मानसिक दवाबमा भारत

अष्टे«लियामा खेलेको अधिकाशं खेलमा भारतले हार व्यहोर्ने तथा बाउन्सर बल फ्याक्न सिड्नीमा सहज हुने भएकाले भारतीय ब्याट्सम्यान सहज तरिकाले खेल्न नसक्ने कारणले भारत मानसिक रुपमा केही दवावमा छ ।

सिड्नी क्रिकेट ग्राउण्ड स्पीन बलरहरुका लागि पनि राम्रो मानिन्छ जसका कारण भारतले फाइदा लिनसक्छ ।

तर अष्टे«लियाका तीब्र गतिका बलर मिचेल जोनसन र मिचेल स्टार्कले विपक्षी टीमलाई निकै संकटमा पार्ने गरेका छन् ।

भारतीय कप्तान महेन्द्र सिहं धोनी राम्रो रणनीति तयार पार्न निकै माहिर छन् । अष्ट्रेलियाका कप्तान माइकल क्लार्कको रणनीति त्यत्ति राम्रो मानिएको छैन ।

त्यसमाथि हाल क्लार्क घाइते पनि छन् । जानकारीमा आएअनुसार भारतीय कप्तान धोनी अष्टे«लियाका खेलाडीहरुको कमजोरी पत्ता लगाउन उनीहरुले खेलेको खेलको भिडियो हेरेर त्यही अनुरुपको रणनीति तयार पार्दै छन् ।

प्रतिक्रिया