हरि र विश्वरुपा चीन प्रस्थान, साम्बो टोलीको विदाइ

2 (1) काठमाडौं, ११ चैत । मध्यम दूरीका धावकद्वय हरिकुमार रिमाल र विश्वरुपा बुढा विश्व क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको गुइवान प्रस्थान गरेका छन् ।

माच २८ तारिखमा हुने च्याम्पियनसिपमा हरिले पुरुषको १२ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् ।

विश्वरुपाले महिलाको ८ किलोमिटर दूरीमा भाग लिने छिन् । घरेलु प्रतियोगितामा दुवैले नेपाल आर्मीको प्रतिनिधित्व गर्छन् ।

गत फागुन ७ गते भएको कान्तिपुर हाफ म्याराथन र पुस ५ गते भएको एडिडास रोड रेसको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।

हरि र विश्वरुपाले राजधानीमा भएको उक्त दुवै प्रतियोगितामा पहिलो स्थान हात पारेका थिए ।

उनीहरुलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, एथलेटिक्स संघका अध्यक्ष एवं सभासद राजिवविक्रम शाहलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

साम्बो टोली रसिया प्रस्थान

4 (1)करालम्पिभ स्मृति विश्व साम्बो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार रसियाको मस्को प्रस्थान गरेको छ ।

साम्बो स्पोर्ट्सको पुरुष ५६ केजीमुनि गोपाल बोहरा तथा ६७ केजीमुनि डप्लु घिसिङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रताप घिसिङले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, सदस्य मनबहादुर न्यौपानेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । च्याम्पियनसिप मार्च २६ देखि ३० तारिखसम्म हुनेछ ।

प्रतिक्रिया