कार्कीको काठमाडौं–लुम्बिनी दौड

5 (1)काठमाडौं, ११ चैत । धावक रामसुन्दर कार्की काठमाडौंदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् ।

यसअघि छ पटकसम्म काठमाडौं–लुम्बिनी दौडी सकेका कार्कीले बैशाख १७ गते दौड सुरु गर्ने भएका छन् ।

करिब ३ सय २० किलोमिटर दूरी बुद्ध जयन्तीका दिन बैशाख २१ गते पूरा गर्ने कार्कीले जनाएका छन् ।

दौडका लागि प्रायोजकबाट उठ्ने कुल रकम मध्ये २५ प्रतिशत रकम चरिकोटस्थित गौरी बालगृहलाई आर्थिक सहयोग प्रदान गर्ने कार्कीले बताए ।

२०७० सालमा पनि कार्कीले दौडबाट संकलित रकम मध्ये १५ हजार गौरी बालगृहलाई नै प्रदान गरेका थिए ।

प्रतिक्रिया