लोकतान्त्रिक खेलकुदको जिल्ला संघलाई अनुमोदन

devendra-serchanकाठमाडौं, ११ चैत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको चैत्र ६ गते बसेको बैठकले गठित विभिन्न जिल्ला संघलाई अनुमोदन गरेको छ ।

लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले १७ लोकतान्त्रिक जिल्ला संघलाई अनुमोदन गरेको सचिव सुवोध प्रधानद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । लोकतन्त्रको माध्यमले खेलकुदलाई एकिकृत गर्ने र खेलकुदको विकास गर्ने उद्धेश्यले गठित लोकतान्त्रिक खेलकुद संघले जिल्ला गठनलाई अघि बढाएको थियो ।

गठित जिल्ला संघहरुमा केशभक्त गुरुङको अध्यक्षतामा स्याङ्गजा जिल्ला, रमेश पौडेलको अध्यक्षतामा बर्दिया जिल्ला, गोर्ख बहादुर शाहीको अध्यक्षतामा हुम्ला जिल्ला, दीलिप पतङवा ‘लिङखीम’ अध्यक्षतामा ताप्लेजुङ, भरत यादवको अध्यक्षतामा महोत्तरी, जयन्द्र खड्काको अध्यक्षतामा भक्तपुर, मंगल श्रेष्ठको अध्यक्षतामा सुर्खेत र नेपाल कार्कीको अध्यक्षतामा रौतहट रहेकाछन् ।

यस्तै तनहुंको अध्यक्षमा तुलसीराम सापकोटा, मनाङको अध्यक्षमा लालबहादुर गुरुङ, दाङ्गको अध्यक्षमा कुमार घिमिरे, खोटाङ्गको अध्यक्षमा महन्त राई, सल्यानको अध्यक्षमा शन्तोष शाह, सुनसरीको अध्यक्षमा देवेन्द्र वास्तोला, दोलखाको अध्यक्षमा हेमराज रिमाल, उदयपुरको अध्यक्षमा आनन्ददेव चौधरी र सर्लाहीको अध्यक्षमा दीलिपराज भण्डारी रहेका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले जिल्ला संघ गठन गर्नका लागि आफ्ना केन्द्रिय सदस्यहरुलाई जिल्ला प्रतिनिधीको रुपमा खटाएको थियो ।

४२ जिल्ला संघ गठन भएकोमा जिल्ला प्रतिनिधीहरुको प्रतिवेदन केन्द्रमा नआईसकेको कारण १७ बाहेकका अन्य जिल्ला संघलाई अनुमोदन गर्न नसकेको जारी बिज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया