न्युजिल्यान्ड विश्वकपको फाइनल प्रवेश

during the 2015 Cricket World Cup Semi Final match between New Zealand and South Africa at Eden Park on March 24, 2015 in Auckland, New Zealand.

अकल्यान्ड, १० चैत । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका ग्रान्ट इलियटले खेलको दोस्रो अन्तिम बलमा छक्का प्रहार गरेपछि न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा ४ विकेटको विजय हात पार्दै न्युजिल्यान्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

२ बलमा ५ रन बनाउनु पर्ने अवस्थामा इलियटले आफ्नो जन्म भुमि देशविरुद्ध लामो छक्का प्रहार गरेका थिए ।

न्युजिल्यान्डले आइतबार मेलबर्नमा हुने फाइनलमा भारत र अस्ट्रेलिया बीचको विजेतासग खेल्ने छ । यी दुई टोली बिहीबार सिड्नीमा भिड्दै छन् ।

 

प्रतिक्रिया