नेपाल इरानसँग पाँच गोलअन्तरले पराजित

Nepali-Footballकाठमाडौं, १० चैत । एएफसी २३ वर्षमुनिको (यु–२३) फुटबल प्रतियोगिताको छनोटअन्तर्गतको भएको पहिलो खेलमा नेपालले आयोजक इरानसँग ५–० को फराकिलो हारको सामना गरेको छ ।

इरानको राजधानी तेहरानस्थित अजादी रङ्गशालामा सोमबार भएको खेलमा नेपालका रक्षकहरूको गल्तीको फाइदा उठाउँदै इरानले १५ मिनेटमै अग्रता लियोे ।
अर्को गल्तीस्वरुप डिबक्सभित्र गौरब मगरले गल्ती गरेपछि २७ मिनेटमै इरानले स्पट किकमार्फत दोस्रो गोल थप्यो ।

मध्यान्तरपछि पनि इरान रोकिएन, उसले ५३, ६७ र ८७ मिनेटमा गोल थप्यो । दुई गोलमा रक्षक अनन्त तामाङको गल्ती रह्यो ।

नेपाली खेलाडीले भने बलियो मानिएको प्रतिद्वन्द्वी इरानविरुद्ध कुनै हेर्नलायक प्रदर्शन गर्न सकेनन् ।

नेपाली गोलरक्षक विकेश कुथूले भने इरानका केही खतरनाक प्रहार बचाएका थिए । कप्तान जगजीत श्रेष्ठले ७१ औं मिनेटमा पाएको अवसर पनि खेर फालेका थिए ।

नेपालले आफनो दोस्रो खेल यही चैत ११ गते अफगानिस्तानसँग खेल्नेछ । नेपालका लागि अफगानिस्तान केही सहज प्रतिद्वन्द्वी मानिएको छ ।

प्रतिक्रिया