सानियालाई तेस्रो विश्व वरीयता

150323071929_sania_mirza_624x351_saniamirzafacebookpageनयाँ दिल्ली । भारतीय टेनिस खेलाडी सानिया मिर्जालाई महिला डबल्सतर्फ विश्व वरीयता क्रममा तेस्रो स्थान प्र्राप्त भएको छ । डबल्सतर्फ सानियाको यो हालसम्मकै राम्रो र्‍याङकिङ हो ।

सानिया मिर्जालाई इन्डियन वेल्स ओपन टुर्नामेन्टमा उपाधि जितेको लाभ प्र्राप्त भएको छ । यसभन्दा पहिले सानियाको सर्वोच्च विश्व वरीयता पाँचौं थियो ।

आफूले अहिलेसम्मकै सर्वोच्च र्‍याङकिङ पाएपछि सानियाले ट्विटरमा आफ्नो खुसी व्यक्त गर्दै प्र्रशंसकहरूलाई धन्यवाद भनेकी छन् ।

उनले लेखेकी छन्, ‘आज म आधिकारिक तवरबाटै विश्वमा तेस्रो स्थानमा छु । तपाईंहरू सबैबाट प्र्राप्त भएको माया, स्नेह र 150323065505_sania_mirza_624x351_afpसमर्थनका लागि धन्यवाद । तपाईंहरू सबैलाई पनि स्नेह ।’

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले पनि सानियालाई ट्विटरमा बधाई दिएकी छन् ।

सानियाले स्विट्जरल्यान्डकी मार्टिना हिङ्गिससित मिलेर पछिल्लो शनिबार २१ मार्चमा इन्डियन वेल्स ओपन टेनिस टुर्नामेन्टको उपाधि जितेकी थिइन् ।

सानिया–हिङ्गिस जोडीले फाइनलमा रुस्री जोडी एलेना वेसनिना र एकातेरिना माकारोवालाई ६–३, ६–४ ले सोझो सेटमा पराजित गरेको थियो ।

सानियालाई त्यही उपाधि विजयको लाभ वरीयता सूचीमा मिलेको हो । महिला डबल्स र्‍याङकिङमा अब केवल इटालीका सारा एरानी र रोबर्टो विन्ची मात्र सानियाभन्दा अगाडि छन् ।

150123082543_sania_mirza_624x351_afp

प्रतिक्रिया