प्रहरी सेक्सको चक्करमा फँसेपछि….

Saxy Ladyब्राजिलको नोभा मुटुम भन्ने जिल्लामा हालै भएको एउटा घटनाले सबैलाई विस्मित् पारिदिएको छ ।

त्यस सहरमा रहेको कारागारमा रहेका दुई दर्जनभन्दा बढी कैदीबन्दी केही सुन्दर युवतीहरूको सहयोगमा जेलबाट फरार भएका छन् ।

समाचार एजेन्सीहरूले उल्लेख गरेअनुसार, तीनजना निकै सुन्दर महिला प्रहरीको पोसाकमा जेलमा आए । उनीहरूले जेलमा रहेका सुरक्षाकर्मीहरूलाई आफूहरूसँग यौनसम्पर्क कायम (सेक्स) गर्न दिने भनी आकर्षित गरे ।

राम्ररी र जवान युवतीसित सम्भोग गर्न पाइने अवसर मिल्न लागेको भन्दै सुरक्षाकर्मीहरू सहजै ती महिलाहरूप्र्रति आकर्षित भए ।

उक्त तीनजना महिलाले कारागारका सुरक्षाकर्मीहरूलाई उनीहरूकै क्वार्टरमा लिएर गए अनि निकै धेरै मात्रामा रक्सी खुवाए ।

रक्सीमा उनीहरूले पहिले नै निंद्राको औषधि पनि मिसाइसकेका थिए । रक्सी सेवनपछि जतिबेला सुरक्षाकर्मीहरू बेहोस भए, ती महिलाहरूले सुरक्षाकर्मीहरू सबैको कपडा फुकालिदिए र उनीहरूलाई हथकडीले बाँधी दिए ।

त्यसपछि उनीहरूले सुरक्षाकर्मीहरूको खल्तीबाट कारागार–कक्षका चाबी झिके र सबै कैदीबन्दीहरूलाई लिएर कारागारबाट फरार भए ।

उच्च सुरक्षायुक्त रहेको उक्त कारागारमा २८ जना कैदीबन्दी थिए । भोलिपल्ट मात्र यस घटनाबारे थाहा पाउपछि प्रहरी प्रशासन स्तब्ध बन्न पुगेको थियो ।

प्रतिक्रिया