नेपाललाई मुवाँ थाइमा दुई कांस्य

1काठमाडौं, ९ चैत । विश्व मुवाँ थाइ प्रतियोगितामा नेपालले दुई कांस्य जितेको छ ।

थाइल्यान्डको बैंककस्थित लुम्पिनी रंगशालामा मार्च ९ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले दुई कांस्य जितेको नेपाल मुवाँ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

पुरुषको ६३.५ केजीमा छुल्टिम लामाले बंगलादेशका खेलाडीलाई पराजित गरी कांस्य जिते ।

सेमिफाइनलमा छुल्टिम पोल्यान्डका खेलाडीसंग हारे । त्यस्तै नेपाललाई अर्को कांस्य दिलाउने क्रममा पुरुषको ७१ केजीमा सूर्यबहादुर बुढाथोकीले लेवनानका खेलाडीलाई हराए ।

सेमिफाइनलमा भने सूर्य रसियाका खेलाडीसंग चुके ।

त्यस्तै एक चरणको नकआउट प्रोफेसनल भिडन्तमा पुरुषको ६३.५ केजीमा भूपेश शाक्य अफ्गानिस्तानका खेलाडीसंग पराजित भएपछि पदकविहीन बने । टोली शनिबारै स्वदेश फर्किसकेको छ ।

प्रतिक्रिया