कुङफु टोली स्वदेश फर्कियो

1काठमाडौं, ८ चैत । प्रथम विश्व मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत उमा कुङफुमा सहभागी बाँकी नेपाली टोली स्वदेश फर्किएको छ ।

थाइल्यान्डको बैंककमा मार्च १२ तारिखदेखि सुरु भएको च्याम्पियनसिपमा १२ खेलाडीसहित १६ सदस्यीय उमा कुङफु टोली सहभागी भएकोमा ११ सदस्यीय टोली शनिबार स्वदेश फर्किएको उमा कुङफु संघले जनाएको ।

उमा कुङफुमा नेपालले ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित १७ पदक जित्यो ।

शनिबार स्वदेश फर्कनेमा स्वर्ण र रजत विजेता विकास लामा, रजत विजेता आयुष्मा श्रेष्ठ तथा कांस्य विजेता सुवास अधिकारी, देव देवकोटा, दावा लामा, सुहन श्रेष्ठ, प्रकाश खत्री, अमिन तामाङ र श्रृष्टि श्रेष्ठ रहेका छन् ।

अफिसियल संघका अध्यक्ष उद्धव थापा मगर र च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका सुकमान लामा पनि शनिबारै फर्किएका हुन् ।

यसअघि टोली नेता एवं प्रशिक्षक अनिमेशलाल श्रेष्ठ शुक्रबार तथा स्वर्ण र रजत विजेता प्रज्ञा केसी तथा स्वर्ण र कांस्य विजेताद्वय मणिराज मिक्छन र रमन राई चालिम्ङसहित टिम व्यवस्थापक सिद्धार्थ लामा मंगलबार स्वदेश फर्किएका थिए ।

स्वर्ण विजेतात्रय प्रज्ञा, मणिराज र रमन बालाजुस्थित ऋत एकेडेमीमा अध्ययनरत छन् ।

टोलीलाई उमा कुङफु संघका सदस्य सन्जित राई, मुख्य प्रशिक्षक दीपक श्रेष्ठ, खेलाडी, प्रशिक्षक अभिभावकलगायतले अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

उमा कुङफुमा नेपालसहित ९ राष्ट्रका २ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ ।

प्रतिक्रिया