थापा अर्को तीन महिना प्रतिबन्धमा

fifaकाठमाडौं, ७ चैत । विश्व फुटबल महासंघ ( फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फाका) अध्यक्ष गणेश थापा माथिको छानबिन नसकिएकाले थप ९० दिन स्थगनमा रहन निर्देशन दिएको छ ।

थापा यसअघि फिफाको इथिक कमिटीले १२० दिन फुटबलको पदीय जिम्मेवारीमा रहेर काम नगर्न निर्देशन गरेको थियो । त्यो अबधि ३ मार्चमा सकिएको थियो । थापाको निस्क्रियताको अबधि ३० मार्चदेखि लागू भएर अर्को ९० दिन रहनेछ ।

थापा नेतृत्वमा नेपाली फुबटलमा भ्रष्टाचारमा फसेको कुनै ढंगको विकास हुन नसकेको लगायत मुद्दामा उपाध्यक्ष कर्मा छिरिंग शेर्पा, विजय नारायण मानन्धर, किशोर राइ र पंकज नेम्बागले सुरू गरेको विद्रोह अभियानको असर फिफाको इथिक कमिटीसम्म पुगेको छ ।

यसअघि पनि थापाको १९ वर्षे शाषनकालमा विभिन्न समयमा उनीविरुद्धमा मोर्चाबन्दी भए पनि थापा फिफाको हवाला दिदै सुरक्षित रहेका थिए ।

यस पटक पनि नेपालमा विरोधी स्वर उठन थालेपछि आफ्नो नेतृत्वदायी भूमिका हस्तक्षेप भए फिफाले नेपाललाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया