‘गणेश थापाले अझै तीन महिना काम नगर्ने’

ganesh-thapaकाठमाडौं, ६ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्ना निलम्बित अध्यक्ष गणेश थापा अझै थप तीन महिना (९० दिन) सम्म कुनै पनि फुटबल गतिविधिमा सङ्लग्न नहुने निर्णय गरेको जनाएको छ ।

एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले भने, ‘उहाँले अनुसन्धानलाई सहयोग पुराउन आफैंले यस्तो निर्णय गरेर एन्फाको कार्यसमितिको बैठकमा सुनाउनुभयो ।’

यसअघि सार्बजनिक लेखा समितिले थापालाई करिब ५८ करोड भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविनका लागि चार महिनाका लागि निलम्बन गरेको थियो र पछि फेरि (६ चैतबाट) फुटबल गतिविधि गर्न पाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया