भारत सेमीफाइनलमा प्रवेश

India & Bangaladeshमेलबर्न, ५ चैत । भारत विश्वकप क्रिकेट २०१५ को सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज (बिहीबार) अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको क्वाटरफाइनलमा भारतले बंगलदेशलाई १ सय ९ रनले पराजित ग-यो ।

भारतले छाडेको ३ सय ३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४५ ओभरमा १ सय ९३ रन जोड्दै सम्पूर्ण विकेट गुमायो ।

भारतका उमेश यादवले सर्वाधिक चार विकेट लिए । बंगलादेशका नासीर हुेनले ३५ तथा सहबीर रहमानले ३० रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको भारतले ६ विकेटको क्षतिमा ३ सय २ रनको योगफल खडा ग-यो । भारतका लागि रोहित शर्माले १ सय २६ बलमा १ सय ३७ रन प्रहार बनाए ।

उनको पारीमा १४ चौका र तीन छक्का समावेश थियो । भारतीय विश्वकप इतिहासमै नकआउट चरणमा शतक् प्रहार गर्ने रोहीत पहिलो भारतीय ब्याट्म्यान हुन् ।

सुरेस रैनाले ५७ बलमा ६५ रन जोडे । भारतले सेमीफाइनलमा पाकिस्तान र अस्ट्रेलिया विचको विजेतासंग खेल्नेछ ।

प्रतिक्रिया