भुषण बज्राचार्यको विजयी सुरुवात

tennis2काठमाडौं, ३ चैत । आइटिएफ १४ वर्ष तथा १४ मुनिको एशियन डेभलपमेन्ट च्याम्पियनसीप डिभिजन वानको खेलमा नेपालका संरक्षक भुषण बज्राचार्यले विजयी सुरुवात गरेका छन् ।

थाइल्यान्डमा भएको खेलमा संरक्षकले घरेलु खेलाडी सिरिटाभोर्नाचानलाई २–६, ६–३, ६–२ ले पराजित गरे ।

प्रतियोगितामा उनले शीर्ष चार स्थानमा आफूलाई समावेश गर्नसके मेलबर्नमा हुने एशिया प्यासिफिक च्याम्पियनसीपमा सहभागिताको अबसर पाउनेछन् ।

संरक्षक एशियन जुनियर च्याम्पियनसीपमा तेस्रोस्थान पाउने टोलीका सबैभन्दा महत्वपूर्ण सदस्य हुन् ।

महिलामा भने एनी माथेमा पुनीनकोभा किभुटरेडसंग ६–१, ६–१ ले पराजित भइन् ।

प्रतिक्रिया