विश्वकपको क्वाटरफाइनलमा पुग्ने अन्तिम टोली पाकिस्तान

pakकाठमाडौं, १ चैत । विश्वकप क्रिकेटको क्वाटरफानलका लागि निर्णायक खेलमा सर्फराज अहमदको सतकको मद्दतले आयरल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान क्वाटरफानलमा प्रवेश गरेको छ ।

आयरल्याण्डले प्रस्तुत गरेको २३८ रनको लक्ष्य पाकिस्तानले ४६.१ ओभरमा पुरा ग¥यो ।

पाकिस्तानलाई जित दिलाउने क्रममा सर्फराज अहमले १ सय २४ बल खेल्दै ६ चौकाको मद्दतले १ सय १ रन जोडे ।

त्यस्तै पाकिस्तानको इनिङमा अहमद शेहजादले ६३ रन,मिस्बाह उल हकले ३९ र उमर अकमलले २० रन जोडे । हेरिस शोहेल भने ३ रनमा डकरेलद्धारा रनआउट भए ।

बलिङतर्फ भने पाकिस्तानका वाहव रियाजले ३ तथा सोहिल खान र राहत अलीले समान २,२ विकेट लिए । एडिलेडमा टस जितेर ब्याटिङ थालेको आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन । ११ रन जोड्दा ओपनर पल स्टर्लिङ ३ रनमा आउट भए ।

आयरल्याण्डका लागी अर्का ओपनर एवम कप्तान विलियम पोर्टरफिल्डले पारी सम्हालेका थिए । विश्वकपमा शतक बनाउने पहिलो एशोसिएट कप्तान बन्ने क्रममा उनले दोस्रो विकेटका लागि एज जोएससँग ४५, तेस्रो विकेटका लागि नायल ब्रायनसँग ३०, चौथो विकेटका लागि एन्डी बेलबेर्नीसँग ४८ र पाँचौं विकेटका लागि ग्यारी विल्सनसँग ४८ रनको साझेदारी गरे ।

विश्वकपमा शतक बनाउने पहिलो एशोसिएट कप्तान बनेपनि हारले उनको सतक छायांमा प¥यो । आयरल्याण्डको स्कोर १८२ रन हुँदा पाँचौं विकेटका रुपमा फोर्टरफिल्डको विकेट झरेको थियो। उनि १०७ रन बनाएर आउट भए ।

फोर्टरफिल्ड आउट भएपछि आयरल्याण्डको पारी धरासायी भयो । त्यसछि आयरल्याण्ड २ सय ३७ रनमा नै समेटियो । बलिङतर्फ भने आयरल्याण्डका लागी स्टवार्ट थम्सन र एलेक्स क”साकले समान १,१ विकेट लिए ।

यसअघि भएको खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै वेष्टइण्डिज क्वाटरफाइनलमा प्रवेश गरीसकेको छ ।

प्रतिक्रिया