अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

10काठमाडौं, ३० फागुन । दुबइमा भएको अल अली दुबइ खुला कराते च्याम्पियनसिप र भारतमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलगायतलाई सम्मान गरिएको छ ।

नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले शनिबार खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

गत फेब्रुअरीमा दुबइमा भएको प्रतियोगितामा सुबन लामाले स्वर्ण जितेका थिए ।

त्यस्तै जनवरीमा भारतमा भएको प्रतियोगितामा राज तामाङ, विशाल क्षेत्री, सुशीला पौडेल र उर्गेन लामाले नेपाललाई स्वर्ण दिलाएका थिए ।

अविनाश चौधरी, सुजन श्रेष्ठ, सुनील चौधरी, सोनम लामा, बिना तामाङ, संविधान पौडेल तथा निर्मला ठकुरीले रजत जितेका थिए । सुरजसिंह ठकुरी, राकेश शाह ठकुरी र सरस्वती तामाङले कांस्य हात पारेका थिए ।

सोही अवसरमा उत्तरी प्रमुख शाखा डोजोका प्रमुख प्रशिक्षक प्रेमलाल बम्जन, दुबइ प्रतियोगिताका व्यवस्थापक सुरेन्द्रसिंह लामा, सहायक प्रशिक्षकद्वय दीपेन्द्र खड्का र राजु लामा तथा भारतमा भएको प्रतियोगिताका व्यवस्थापक दिनेश सिवाकोटी र प्रशिक्षक सरोज श्रेष्ठ पनि सम्मानित भए ।

त्यसै अवसरमा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न महानुभावहरुलाई पनि सम्मान गरिएको थियो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उत्तरी प्रमुख शाखा डोजोका अध्यक्ष बालकृष्ण श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रकाश श्रेष्ठलगायतले खेलाडी टोलीलाई २० हजारसहित ट्रयाकसुट र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

प्रतिक्रिया