बगंलादेशबिरुद्ध न्यूजिल्यान्डको ३ विकेटको जित

New & Bangह्यामिल्टन, २९ फागुन । मार्टिन गुप्तिलको मेडन शतकको मद्दतले न्यूजिल्यान्डले बगंलादेशबिरुद्ध ३ विकेटको जित दर्ता गरेकोछ ।

टस हारेर पहिले व्याटिङ गरेको बगंलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर कुल २ सय ८८ रनको योगफल तयार गरेको थियो ।

बगलादेशका लागि महमुदुल्लाहले लगातार दोश्रो शतक प्रहार गरे पनि जित दिलाउन सकेनन् ।

उनले १ सय २३ बल खेल्दै १२ चौका र ३ छक्काको मदतले अविजित १ सय २८ रन जोडे । महमुदुल्लाह बंगलादेशका लागि विश्वकपमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत हुन् ।

उनले जारी विश्वकपमा इङगल्यान्डबिरुद्ध पहिलो शतक प्रहार गरेका थिए । प्रतियोगिताभर कुल ३ सय ४४ रन बनाएका महमुदुल्लाह जारी विश्वकपमा सर्वाधिक रन जोड्ने सूचीमा चौथो स्थानमा छन् ।

जारी विश्वकपमा सर्वाधिक रन जोड्ने सूचीको पहिलो स्थानमा कुल ४ सय ९६ रन जोडेका श्रीलङ्काका भरपर्दा ब्याट्सम्यान कुमार साङ्गकारा छन् । हालसम्म सर्वाधिक विकेट लिनेमा न्यूजिल्यान्डका बलर ट्रेन्ट बोउल्ट कुल १५ विकेटका साथ पहिलो नबंरमा छन् ।

त्यस्तै सविर रहमान ४० रन, सौम्या सरकारले ५१ रन र सकिव अल हसनले २३ जोडे । बगंलादेशाकलागि सकिव अल हसनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै नाजिर हुसेनले २ र रुवेल हुसेनले १ विकेट लिए ।

कुल १ सय ८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले ४८ दशमलव ५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो ।

ओपनर एवम् कप्तान ब्रेन्डन म्याकुलमलाई ८ तथा केन विलयम्सनलाई १ रनमै गुमाएको न्यूजिल्यान्डको पारी गुप्टिल र रोस टेलरले सम्हालेका थिए ।

यो विश्वकपमा न्यूजिल्यान्डको तर्फबाट पहिलो शतक प्रहार गरेका मार्टिनले १ सय बल खेल्दै ११ चौका र २ छक्काको मद्दतले १ सय ५ रन जोडे । न्यूजिल्यान्डका लागि अन्य व्याट्सम्यानमा रोस टेलरले ५६ रन, कोरले एन्डरशन तथा ग्रान्ट इलिवट समान ३९ रन जोडेका थिए ।

बलिङतर्फ न्यूजिल्यान्डका लागि ट्रेन्ट बउल्ट, कोरले एन्डरशन र ग्रान्ट इलिवटले समान २–२ विकेट झारे । न्यूजिल्यान्डका लागि किफायती बलिङ गरेका भेट्रान बलर डानियल भिट्टोरीले पूरै १० ओभर फाल्दै ४२ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया