सूर्यलाई स्टार वर्ल्डको सम्मान

1काठमाडौं, २८ फागुन । स्टार वर्ल्ड इन्टरनेसनल कन्सल्टेन्सीले चौथो जोरखाने स्पोर्ट्स विश्व कपका कांस्य विजेता सूर्यबहादुर बुढाथोकीलाई सम्मान गरेको छ ।

दरबारमार्गमा आज आयोजित एक कार्यक्रबीच कन्सल्टेन्सीको तर्फबाट हाल नेपालमा रहेका इरानका भूतपूर्व उप राष्ट्रपति एवं अन्तर्राष्ट्रिय जोरखाने स्पोर्ट्स फेडेरेसनका वर्तमान अध्यक्ष मोहसेन मेहरालिजादेहले सूर्यलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।

ताजकिस्तानको दुसान्बेमा गत फेब्रुअरी २२ देखि २९ तारिखसम्म भएको विश्व कपअन्तर्गत कुस्तीको पुरुष ७०–८० केजी तौलसमूहमा सूर्यले कांस्य जितेका थिए ।

सूर्य इरान र जिम्बावेका खेलाडीलाई पराजित गर्दै सेमिफाइनल पुगेका थिए । सेमिफाइनलमा सूर्य टर्कीका खेलाडीसंग चुकेपछि कांस्यमा सीमित भएका थिए ।

कार्यक्रममा मोहसेनले नेपालमा जोरखानेको विकास र विस्तारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया