यूएईलाई ३४२ रनको अफ्रिकी चुनौती

  • एबडी भिलियर्स १ रनले शतकबाट वञ्चित

Ab de Vieeiersवेलिङ्टन, २८ फागुन । विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’मा रहेका दक्षिण अफ्रिका र यूएईबीच बिहीबार लिग चरणको म्याच जारी छ । टस जितेर पहिले फिल्डिङ रोजेको यूएईलाई दक्षिण अफ्रिकाले ३४२ रनको चुनौती दिएको छ । पछिल्लो स्थितिमा जवाफी ब्याटिङ गरिररहेको यूएईले १२ ओभरको खेलमा २ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।

न्युजिल्यान्डको वेलिङ्टनस्थित वेस्टप्याक स्टेडियममा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४१ रनको विशाल स्कोर खडा गरेको थियो । उक्त स्कोरमा सर्वाधिक रन कप्तान एबडी भिलियर्सले १११ बलमा बनाएको ९९ रन रह्यो । हसिम अमला १२ रन, क्यु डी कोक २६, रोसो ४३, मिलर ४९, डुमिनी २३ रन बनाई आउट भए । फिलान्डर १२ बलमा १० रन बनाएर तथा एफ बेहार्दियन ३३ बलमा ६४ रन बनाई नटआउट रहे ।

प्रतिक्रिया